नारायणीमा बाढी बढेपछि सुस्ताका ८ सयभन्दा बढी नागरिक सुरक्षित स्थानमा स्थानान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०८३, सोमबार ०५:४२

नवलपरासी। अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का ८ सयभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सुस्ताका थारु तथा विभिन्न टोलमा शुक्रबारदेखि बाढी पस्न थालेपछि स्थानीयलाई सुरुमा स्थानीय आश्रयस्थलमा राखिएको थियो। नारायणी नदीको जलसतह निरन्तर बढ्दै गएपछि उनीहरूलाई नारायणीवारि सुस्ता बालिनगरस्थित बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

प्रजिअ नेपालका अनुसार सुस्तामा रहेका २१९ घरधुरीका करिब १ हजार ४५० नागरिकमध्ये केही यसअघि नै आफन्तको घरमा गइसकेका थिए। बाँकी नागरिकलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा सुरक्षित रूपमा नारायणीवारि ल्याइएको हो।

नारायणी नदीमा रहेको झोलुङ्गे पुलनजिक जलसतह अत्यधिक बढेका कारण नागरिकलाई सुरक्षित रूपमा माथिल्लो क्षेत्रमा उकालेर विद्यालयसम्म पुर्‍याउन केही समय लागेको प्रशासनले जनाएको छ।

बाढी प्रभावितका लागि उद्योग वाणिज्य महासंघ नवलपरासी र नेपाल रेडक्रस सोसाइटी नवलपरासीले राहत सामग्री वितरण सुरु गरिसकेका छन्।

यसैबीच, गण्डक योजना कार्यालय, भैँसालोटन–वाल्मीकिनगरका सम्पर्क तथा भू–आर्जन अधिकृत सोभित हलुवाईका अनुसार गण्डक ब्यारेजमा पानीको बहाव ४ लाख ७९ हजार १०० क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढेसँगै सुस्ता क्षेत्रमा थप सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor