कसरी जोगाउने स्क्रिनबाट आँखा ? अपनाउनुहोस् यी सरल उपाय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०८३, सोमबार ०५:४७

काठमाडौं। मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने तथा धमिलो देखिनेजस्ता समस्या हुन सक्छन्। लामो समय एकोहोरो रूपमा स्क्रिनमा हेर्दा आँखाले पर्याप्त आराम नपाउने भएकाले यस्तो समस्या बढ्न सक्छ।

स्क्रिन हेर्दा मानिसले सामान्यभन्दा कम पटक आँखा झिम्क्याउने भएकाले आँखाको सतहमा सुक्खापन हुन सक्छ। त्यसैले डिजिटल उपकरण प्रयोग गर्दा आँखालाई नियमित आराम दिनु आवश्यक हुन्छ।

आँखालाई स्क्रिनबाट जोगाउन २०–२०–२० नियम अपनाउन सकिन्छ। अर्थात् २० मिनेट स्क्रिन हेरेपछि कम्तीमा २० फिट टाढाको वस्तुलाई २० सेकेन्डसम्म हेर्नुपर्छ। यसले आँखालाई केही समय आराम दिन मद्दत गर्छ।

स्क्रिन प्रयोग गर्दा सचेत रूपमा आँखा झिम्क्याउने बानी बसाल्नुपर्छ। सामान्य अवस्थामा मानिसले प्रतिमिनेट करिब १२–१५ पटक आँखा झिम्क्याउने गर्छ। स्क्रिनमा एकोहोरो हेर्दा यो दर घट्न सक्छ।

स्क्रिन र आँखाबीच कम्तीमा २० देखि २४ इन्च दूरी कायम राख्नु उपयुक्त हुन्छ। स्क्रिनको माथिल्लो भाग आँखाको तहभन्दा अलि तल हुने गरी राख्दा पनि आँखामा पर्ने तनाव कम गर्न मद्दत पुग्छ।

त्यस्तै, स्क्रिनको उज्यालो कोठाको प्रकाशअनुसार मिलाउनुपर्छ। अँध्यारो कोठामा अत्यधिक चम्किलो स्क्रिन हेर्ने वा अत्यधिक उज्यालो ठाउँमा कम उज्यालो स्क्रिन प्रयोग गर्ने अवस्था सकेसम्म टार्नुपर्छ। झ्याल वा बत्तीको प्रकाश सिधै स्क्रिनमा परेर टल्किने अवस्था भए स्क्रिनको दिशा परिवर्तन गर्न सकिन्छ।

आँखा सुक्खा हुन नदिन पर्याप्त पानी पिउनुका साथै पर्याप्त निद्रा र नियमित आराममा पनि ध्यान दिनुपर्छ। मोबाइल तथा कम्प्युटरमा उपलब्ध नाइट मोड वा डिस्प्ले सेटिङ आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ।

आँखा अत्यधिक सुक्खा हुने, पोल्ने, दुख्ने, रातो हुने वा लगातार धमिलो देखिने समस्या भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ। चिकित्सकको सल्लाहअनुसार आवश्यक परे आँखाका थोपा प्रयोग गर्न सकिन्छ।

दैनिक लामो समय डिजिटल स्क्रिन प्रयोग गर्ने व्यक्तिले आँखामा समस्या देखिएमा आफैं औषधि प्रयोग गर्नुभन्दा आँखाका विशेषज्ञसँग जाँच गराउनु उचित हुन्छ।

डा. सञ्जीव भट्टराई त्रिवि शिक्षण अस्पतालका वरिष्ठ दृष्टि विशेषज्ञ हुन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor