पोखरामा राजस्व सङ्कलन लक्ष्यभन्दा १३ प्रतिशत बढी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०८३, बिहीबार ०८:१५

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको असोज मसान्तसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १३ प्रतिशत बढी गरेको छ।

कार्यालयले उक्त अवधिमा एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार रुपैयाँ सङ्कलन गरेको हो। यो लक्ष्यभन्दा २० करोड ३० लाख २२ हजार रुपैयाँ बढी अर्थात् ११३ प्रतिशत प्रगति हो।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाका अनुसार आयकर सङ्कलनमा उल्लेखनीय प्रगति भएको छ। आयकरतर्फ ७९ करोड ४४ लाख ८३ हजार रुपैयाँ लक्ष्य राखिएकामा एक अर्ब आठ करोड ८३ लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ।

तर घरबहाल र ब्याजकर सङ्कलन भने लक्ष्यभन्दा कम रहेको छ। घरबहाल करतर्फ एक करोड ८१ लाख ९१ हजार रुपैयाँ लक्ष्य रहेकामा एक करोड ३१ लाख ३८ हजार रुपैयाँ अर्थात् ७२ प्रतिशत मात्र सङ्कलन भएको छ। त्यस्तै, ब्याजकरतर्फ नौ करोड ८८ लाख ८२ हजार रुपैयाँ लक्ष्य राखिएकामा चार करोड ८७ लाख १५ हजार रुपैयाँ अर्थात् ४९ प्रतिशत सङ्कलन भएको छ।

मूल्य अभिवृद्धि करतर्फ पनि कार्यालयले लक्ष्य पूरा गर्न सकेको छैन। असोज मसान्तसम्म ५३ करोड ३२ लाख ९९ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा १५ प्रतिशत कम राजस्व उठेको प्रमुख कर अधिकृत ढुङ्गानाले जानकारी दिए।

अन्तःशुल्क र अन्य कर सङ्कलनमा भने उल्लेखनीय प्रगति भएको छ। अन्तःशुल्कतर्फ छ करोड १७ लाख ४५ हजार रुपैयाँ लक्ष्य रहेकामा ४३ प्रतिशत बढी अर्थात् आठ करोड ८३ लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ। अन्य करतर्फ ६१ लाख ७६ हजार रुपैयाँ लक्ष्य राखिएकामा दुई करोड ३७ लाख छ हजार रुपैयाँ सङ्कलन भएको छ।

सरकारले उपलब्ध गराएका कर छुट सुविधा र करदाता प्रोत्साहनलगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत ढुङ्गानाले बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor