पश्चिमी नेपालमा भारी वर्षाको सम्भावना, पहिरो र बाढीको जोखिम उच्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०८३, आईतवार ०६:४०

काठमाडौं । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिमी भूभागमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको छ।

भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणाली नेपालतर्फ सर्दै गएकाले विशेषगरी पश्चिमी भूभागमा वर्षाको प्रभाव बढी देखिएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो। पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको विभागले जनाएको छ।

विभागका अनुसार आइतबार दिउँसोसम्म बागमती र मधेश प्रदेशका पश्चिमी भूभाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। पूर्वी नेपालमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै जाने र कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा मात्र हुने अनुमान गरिएको छ।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई, खोला र खोंच क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भएमा नेपाल प्रहरीसँग सम्पर्क गरी सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न विभागले सुझाव दिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor