सन्तानकै विषयमा गौरव खन्नासँग सम्बन्धविच्छेद, आकांक्षाले भनिन्– ‘म गौरवलाई केवल बच्चा दिइरहेकी थिइनँ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०८३, आईतवार ०६:३७

काठमाडौं । टेलिभिजनका चर्चित जोडी गौरव खन्ना र आकांक्षा चमोलाको ९ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको छ। उनीहरूको सम्बन्धविच्छेदको विषयमा सन्तानको चाहनालाई प्रमुख कारणका रूपमा चर्चा गरिएको छ।

गौरव बुबा बन्न चाहन्थे भने आकांक्षाले आफूभित्र मातृत्वको भावना नरहेको र आफूले आमा नबन्ने निर्णय गरेको बताउँदै आएकी छन्।

सम्बन्धविच्छेदको घोषणा भएपछि सामाजिक सञ्जालमा गौरवको समर्थन र आकांक्षामाथि आलोचना तथा ट्रोलिङ भइरहेको छ। यही विषयमा अभिनेत्री आकांक्षाले प्रतिक्रिया दिएकी छन्।

‘म्यासेबल इन्डिया’ले ट्रोलर्सका प्रश्न आकांक्षासमक्ष राख्दै ‘गौरव खन्नालाई सन्तान चाहिएको थियो, अनि तिमीले किन दिइनौ?’ भनेर प्रश्न गरेको थियो।

जवाफमा आकांक्षाले आफू गौरवलाई ‘केवल बच्चा दिइरहेकी’ नभएको बताइन्। उनले सन्तान जन्माउने विषयमा आफ्नो व्यक्तिगत निर्णय र दृष्टिकोण रहेको स्पष्ट पारिन्।

अन्तर्वार्ताका क्रममा उनले स्तनपानसँग सम्बन्धित प्रसंगसमेत उठाएकी थिइन्। त्यसपछि उनलाई आमा बनेपछि मात्रै दूध आउने विषयमा प्रतिक्रिया दिइएको थियो।

आकांक्षालाई भविष्यमा दोस्रो विवाह गरेर सन्तान जन्माउने सम्भावनाबारे समेत प्रश्न गरिएको थियो। उनले भने आफूले जीवनमा फेरि विवाह नगर्ने बताइन्।

विवाह संस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले महिलालाई विवाहपछि बेडरुम र भान्सासँग मात्र जोडेर हेर्ने प्रवृत्तिमाथि पनि आक्रोश व्यक्त गरिन्।

कामको कुरा गर्दा आकांक्षा पछिल्लो समय ‘लक अप २’ मा देखिएकी थिइन्। उक्त शोका क्रममा उनले आफू बाइसेक्सुअल रहेको सार्वजनिक रूपमा बताएकी थिइन्।

गौरव खन्ना र आकांक्षा चमोलाको सम्बन्धविच्छेदसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको बताइएको छ। आकांक्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा गौरवलाई अनफलो गर्नुका साथै उनीसँग सम्बन्धित तस्वीरहरू पनि हटाएकी छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor