काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१ मा आज साइबर अपराध तथा Artificial Intelligence (AI) सम्बन्धी एकदिने सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम आयोजना हुँदैछ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा तथा शुभम् मल्टिमिडियाको सहजीकरणमा सेन्ट जेभियर्स इङ्लिस एकेडेमी, बुनपा–१ मा कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय तथा AI को सही, सुरक्षित र सिर्जनात्मक प्रयोगका विषयमा जानकारी प्रदान गरिनेछ। वडा अध्यक्ष सुरेन्द्र लामाका अनुसार, पछिल्लो समय प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटना र जोखिम बढ्दै गएकाले विद्यार्थी तथा समुदायलाई डिजिटल सुरक्षाबारे सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो। उनका अनुसार AI लगायत आधुनिक प्रविधिलाई सकारात्मक र उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने ज्ञान तथा क्षमता विकास गर्न पनि कार्यक्रम महत्वपूर्ण हुनेछ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालाको सहभागिता रहने जनाइएको छ।
प्रतिक्रिया