गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डासहित बिबास पौडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८३, बुधबार ०६:१८

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीका युवा नेता बिबास पौडेलले आगामी जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

पौडेलले पार्टीभित्र देखिएको गुटबन्दी र आन्तरिक कलह अन्त्य गर्दै जिल्लाको संगठनलाई थप बलियो र प्रभावकारी बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्। उनले पार्टीमा योग्य, इमानदार र जनतासँग प्रत्यक्ष जोडिएका नेता तथा कार्यकर्तालाई गुटको आधारमा नभई क्षमता र योगदानका आधारमा अवसर दिनुपर्ने धारणा राखेका छन्।

पौडेलले आफ्नो राजनीतिक यात्रा २०६८ सालदेखि नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट सुरु गरेका हुन्। २०६८ सालमा कुमारी इन्जिनियरिङ क्याम्पसको नेविसंघ इकाई सचिवको जिम्मेवारी सम्हालेका उनी २०७० सालमा सोही इकाईको सभापति बनेका थिए।

त्यसपछि उनी सीटीईभीटी केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा पुगेका थिए। नेविसंघको ११औँ महाधिवेशनमा उनले कान्छो उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए। २०८० सालमा नेविसंघ केन्द्रीय सदस्यमा मनोनीत भएपछि पनि उनले संगठनात्मक राजनीतिमा सक्रियता निरन्तरता दिएका छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा अब जिल्ला तहको संगठन निर्माण र नेतृत्वतर्फ केन्द्रित गर्न चाहेको पौडेलले बताएका छन्।

नवलपरासी कांग्रेसमा पछिल्लो समय देखिएको गुटगत प्रतिस्पर्धाले संगठनमा असर पारेको आफ्नो बुझाइ रहेको बताउँदै पौडेलले पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, “म आफ्नै पार्टीभित्रको आन्तरिक गुटबन्दीलाई यो अधिवेशनबाट रोक्ने प्रयास गर्नेछु। साथै समग्र जिल्लालाई केन्द्रसँग जोड्ने पहल गर्नेछु।”

पौडेलले जिल्लाको संगठनलाई जनतासँग थप जोड्ने, युवा तथा महिलासहित सबै तहका कार्यकर्तालाई संगठनमा सक्रिय रूपमा समेट्ने र पार्टीभित्र योगदान तथा क्षमताका आधारमा अवसर पाउने वातावरण निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षाभन्दा पनि जिल्लाको संगठनात्मक सुधार र पार्टीलाई थप सुदृढ बनाउने प्रयासका रूपमा अघि बढाएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor