१५ जिल्लामा रेड अलर्ट, असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८३, बुधबार ०६:२३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका १५ जिल्लामा रेड अलर्ट जारी गर्दै आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गतेसम्म भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र बाजुरामा रेड अलर्ट जारी गरिएको हो।

असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी तथा अति भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशमा पनि भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने विभागले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्नुका साथै सहरी तथा तराई क्षेत्रमा डुबानको सम्भावना रहेको विभागले जनाएको छ। साना तथा ठूला नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

यसैगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै भारी हिमपातको समेत सम्भावना रहेकाले पर्वतारोही तथा हिमाली क्षेत्रमा यात्रा गर्ने सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor