रासायनिक मल खरिद गर्न १० अर्बको स्रोत सहमति, आगामी सिजनमा अभाव हुन नदिने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०८३, बुधबार ०५:५७

काठमाडौं । आगामी खेतीको सिजनमा किसानले रासायनिक मलको अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले सरकारले मल खरिद तथा आपूर्ति व्यवस्थापनको तयारी अघि बढाएको छ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले समयमै मलको व्यवस्थापन गरी खेतीको मुख्य सिजनमा किसानले मल अभाव व्यहोर्न नपाउने गरी खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएकी छन्।

मन्त्रालयले आगामी याममा आवश्यक पर्ने मलको आपूर्ति सहज बनाउन खरिद प्रक्रियालाई समयमै अघि बढाउने जनाएको छ। यसका लागि स्रोत सहमति प्राप्त भइसकेकाले अब आवश्यक मलको परिमाणअनुसार बोलपत्र आह्वानलगायत प्रक्रिया अघि बढाइनेछ।

सरकारको यो तयारीले आगामी खेतीको मुख्य समयमा रासायनिक मलको आपूर्ति व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor