शिक्षा तथा खेलकुदमन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८३, बुधबार ०६:०९

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि बेलायती राजदूत रब फेनबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीच शिक्षा तथा खेलकुदका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप निरन्तरता दिने विषयमा छलफल भएको हो।

भेटमा नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग तथा सहकार्यका विविध विषयमा समेत कुराकानी भएको थियो।

मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि सरकारले नीतिगत तथा संरचनागत काम अघि बढाइरहेको जानकारी गराएका थिए। उनले शिक्षा ऐन निर्माण, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा मन्त्रालयले काम गरिरहेको बताए।

शिक्षा तथा खेलकुद क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै मन्त्री पोखरेलले आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिन नेपाल तयार रहेको बताएका थिए।

भेटमा बेलायती राजदूत रब फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रसँगको सहकार्य बेलायत सरकारका लागि महत्वपूर्ण रहेको बताए। उनले शिक्षा क्षेत्रमा बेलायतले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

रसुवा–भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयका शिक्षकको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने विषयमा समेत भेटमा छलफल भएको थियो।

जलवायुजन्य विपद्को सामना गरिरहेको अवस्थामा बेलायत सरकार नेपालसँगै रहेको राजदूत फेनले बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

slot gacor