सांसद सुनारको आईजीपीविरुद्धको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइयो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८३, बुधबार ०६:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको एक अंश संसदीय अभिलेखबाट हटाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गत भदौ २६ गते सांसद सुनारले प्रयोग गरेको विवादित शब्दावली अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

सांसद सुनारले भदौ २६ गतेको प्रतिनिधिसभा बैठकमा आईजीपी कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

उक्त अभिव्यक्तिको विषयमा सभामुख अर्यालले मंगलबारको बैठकमा भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि’ भन्ने वाक्यांशदेखि ‘आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

सभामुखको निर्देशनपछि उक्त विवादित अभिव्यक्तिको सम्बन्धित अंश प्रतिनिधिसभाको आधिकारिक अभिलेखबाट हटाउने प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor