काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच मंगलबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संघीय संसद्लाई थप व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको छ।
भेटमा डिजिटल संसद्को अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउने, संसद्का कामकारबाहीलाई प्रविधिको माध्यमबाट थप सहज र प्रभावकारी बनाउने लगायतका विषयमा कुराकानी भएको थियो।
त्यस्तै, चालु अधिवेशनका कामकारबाहीको समीक्षा तथा अधिवेशन अन्त्य गर्ने विषयमा समेत सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल भएको जनाइएको छ।
भेटका क्रममा संघीय संसद्का आगामी कामलाई थप प्रभावकारी बनाउने तथा संसदीय गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत विचारविमर्श भएको थियो।
प्रतिक्रिया