गुप्तचरका एसपीलाई हनिट्रयापमा फसाएर रकम असुलेको आरोपमा पक्राउ परेकी महिला पुर्पक्षका लागि जेल चलान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८३, शुक्रबार ०६:२३

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रकाश आचार्यलाई हनिट्रयापमा फसाएर रकम असुलेको आरोपमा पक्राउ परेकी कुसुम गुभाजू गुरुङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

बुधबार अदालतले गुरुङलाई आपराधिक लाभ तथा साइबर अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

एसपी आचार्यको जाहेरीका आधारमा गुरुङ गत महिना पक्राउ परेकी थिइन्। प्रहरीले अनुसन्धान पूरा गरी उनीविरुद्ध आपराधिक लाभ र साइबर अपराधसम्बन्धी अभियोग दायर गरेको थियो।

सामाजिक सञ्जालमार्फत चिनजान

अनुसन्धान प्रतिवेदनअनुसार आचार्य र गुरुङबीच करिब तीन वर्षअघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच निकट सम्बन्ध बनेको र पछिल्लो समय आचार्य टाढिन खोजेपछि विवाद बढेको उल्लेख गरिएको छ।

विवाद बढ्दै गएपछि उनीहरूबीच झगडासमेत भएको र विषय प्रहरीसम्म पुगेपछि दुवै पक्षबीच मिलापत्र भएको अनुसन्धानबाट खुलेको जनाइएको छ।

५० लाख मागेको आरोप

पीडित पक्षको दाबीअनुसार टाढिन खोजेपछि गुरुङले बलात्कार मुद्दामा फसाइदिने भन्दै रकम माग्न थालेकी थिइन्। आचार्यले पटक–पटक गरी २७ लाख रुपैयाँ दिएको दाबी गरेका छन्।

तर पछि गुरुङले थप ५० लाख रुपैयाँ माग्दै मानसिक दबाब तथा यातना दिएको भन्दै आचार्यले प्रहरीमा उजुरी दिएको बताइएको छ।

२७ लाख लिएको स्वीकार

पक्राउ परेकी गुरुङले भने आचार्यबाट २७ लाख रुपैयाँ लिएको स्वीकार गरेकी छिन्। तर उक्त रकम आफूले सहमतिमै लिएको उनको दाबी रहेको छ।

अदालतले उपलब्ध प्रमाण तथा दुवै पक्षको बयानका आधारमा गुरुङलाई मुद्दाको अन्तिम फैसला नहुँदासम्म पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

प्रतिक्रिया

Leave a Reply

slot gacor