प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण अमेरिका, असोज ६ गते जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८३, शुक्रबार ०६:२०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण संयुक्त राज्य अमेरिकाबाट सुरु हुने भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

यसअघि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने तयारी गरिएको थियो। तर भोटेकोशी बाढीपछि नेपालले जलवायु परिवर्तनका कारण व्यहोर्नुपरेको संकट र क्षतिको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रत्यक्ष रूपमा राख्न प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी हुने निर्णय भएको हो।

प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।

महासभामा सम्बोधनपछि स्वदेश फर्कने

प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनले महासभामा नेपालले भोगिरहेको जलवायु संकट, विपद् तथा त्यसबाट भएको क्षतिका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।

महासभामा सम्बोधन गरेको भोलिपल्ट अर्थात् असोज ९ गते प्रधानमन्त्री शाह स्वदेश फर्कनेछन्।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सीमित सदस्य मात्र रहने बताइएको छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor