भैरहवाको कालिंगा क्यासिनोमा प्रहरीको छापा, ५ नेपालीसहित ६ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८३, शुक्रबार ०६:१९

काठमाडौं । भैरहवास्थित कालिंगा क्यासिनोमा प्रहरीले छापा मारेर जुवा खेलिरहेका पाँच नेपालीसहित ६ जनालाई पक्राउ गरेको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो करिब ४ः१५ बजे क्यासिनोमा छापा मारेको हो। प्रहरीले जुवा खेलिरहेका पाँच नेपाली नागरिकसँगै क्यासिनोका म्यानेजरलाई समेत पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा म्याग्दी घर भएका नारायण घर्ती, कास्कीका रोशन केसी र सुदीप आचार्य तथा बुटवलका रामु श्रेष्ठ र चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्। त्यस्तै, क्यासिनोका म्यानेजर भारतीय नागरिक पासर भाटिया पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय, भैरहवा पठाइएको छ।

नेपालीलाई जुवा खेलाएको सूचनापछि छापा

क्यासिनोमा नेपाली नागरिकलाई जुवा खेल्न प्रतिबन्ध रहे पनि मिलेमतोमा नेपालीलाई जुवा खेलाउने गरिएको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।

प्रहरीले क्यासिनोको गतिविधिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor