बाढीपछि प्रधानमन्त्री शाह महासभामा सहभागी हुन न्यूयोर्क जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८३, मंगलवार ०६:२२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्ने भएका छन्। महासभालाई सम्बोधन गरेपछि उनी असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

हालै भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह आफैं संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेका हुन्। महासभामा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको गम्भीर असर तथा भएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर, बाढीपछिको परिस्थितिलाई मध्यनजर गर्दै प्रधानमन्त्रीकै नेतृत्वमा नेपाली टोली न्यूयोर्क पठाउने निर्णय भएको हो।

प्रधानमन्त्री शाहको भ्रमण टोली भने संक्षिप्त हुने बताइएको छ। टोलीमा १० जनासम्म सदस्य सहभागी हुने तयारी रहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor