भोटेकोशी बाढीपछि देशभर १,३५६ शव फेला, करिब ४,९९४ जना अझै सम्पर्कविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०८३, मंगलवार ०६:२१

काठमाडौं। भोटेकोशी बाढी तथा भीषण विपद्का कारण देशभर ठूलो मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ।

फेला परेका शवमध्ये ९८ जनाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ। पहिचान हुन नसकेका शव तथा मानव अवशेषको पहिचानका लागि डीएनए परीक्षणको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ। आफ्ना हराएका आफन्तको फोटो र नाता प्रमाणित गर्ने कागजातसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

जिल्लागत रूपमा सबैभन्दा धेरै चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७ र रसुवामा १६९ शव फेला परेका छन्। यस्तै गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव संकलन गरिएको छ।

विपद्पछि ४ हजार ९९४ जना नागरिक अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। घाइते भएका ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ। विभिन्न १० अस्पतालमा भर्ना गरिएका ३२७ जनामध्ये २४२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यसबीच १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ। खोज, उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor