काठमाडौं आइपुगे दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन, बाढीपछिको खोज तथा उद्धारबारे छलफल हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०८३, आईतवार ०६:३६

काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार काठमाडौं आइपुगेका छन्। उनी दक्षिण कोरियाबाट चार्टर्ड विमानमार्फत काठमाडौं आएका हुन्।

तीन दिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री ह्युनले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार भेटवार्तामा भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यका विषयमा छलफल हुनेछ।

भेटवार्ताका क्रममा बाढीमा परी बेपत्ता भएका नौ जना दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारको अवस्थाबारे समेत विदेशमन्त्री ह्युनले जानकारी लिनेछन्।

दक्षिण कोरियाले बाढीपछि नेपालमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्दै आएको छ। विदेशमन्त्री ह्युनको नेपाल भ्रमणका क्रममा विपद् व्यवस्थापन तथा उद्धारमा दुई देशबीचको सहकार्यका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor