नुवाकोट । भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले शनिबार नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन्।
काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले देवीघाट पुगेर बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको आत्माले शान्ति पाओस् तथा उनीहरूले सुगति प्राप्त गरून् भन्ने कामना गरेका हुन्।
भिक्षुहरूले दिवंगतहरू सुखावती भुवनमा वास गरून् भन्ने प्रार्थना गर्दै धार्मिक विधि पूरा गरेका थिए।
त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्मा ज्यान गुमाएकाहरूको सम्झनामा विभिन्न स्थानमा श्रद्धाञ्जली तथा प्रार्थनाका कार्यक्रम हुँदै आएका छन्।
प्रतिक्रिया