सिमलटार आरुबारी तामाङ एकता समाजद्वारा नगरपालिका राहत कोषमा २५ हजार सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०८३, आईतवार ०६:५२

काठमाडौं । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिमलटार आरुबारी तामाङ एकता समाजले नगरपालिका राहत कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले मिति २०८२/०५/१९ गते राहत कोषमा उक्त रकम प्रदान गरेको हो। विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत तथा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको समाजले जनाएको छ।

सहयोगप्रति वडा नं. ९ का वडा अध्यक्ष राजीव थापाले सिमलटार आरुबारी तामाङ एकता समाजप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

वडा अध्यक्ष थापाले समाजले गरेको मानवीय सहयोगले विपद् प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

उनले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनाका साथ गरिएको सहयोगको प्रशंसा गर्दै समाजका सम्पूर्ण पदाधिकारी, सदस्य तथा परिवारजनको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

“विपद्को यस घडीमा समाजले देखाएको सहयोग र मानवीय भावना प्रशंसनीय छ। यस्ता सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउन थप हौसला मिल्छ,” वडा अध्यक्ष थापाले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor