क्यान्टन ब्यूटी एक्स्पोमा रश्मिलाज फेसियल हाउसको सहभागिता, अन्तर्राष्ट्रिय स्तरका उत्पादन भित्र्याउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०८३, आईतवार ०६:२६

काठमाडौं । विगत १८ वर्षदेखि सौन्दर्य तथा फेसियल सेवामार्फत ग्राहकको विश्वास जित्दै आएको रश्मिलाज फेसियल हाउस चीनको ग्वाङ्झाउमा आयोजित Canton Beauty Expo 2026 मा आधिकारिक रूपमा सहभागी भएको छ।

सेप्टेम्बर ४ देखि ६ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रदर्शनीमा रश्मिलाज फेसियल हाउसले चीन, कोरिया लगायत विभिन्न देशका स्किन केयर, हेयर केयर, नेल आर्ट तथा आइल्याससम्बन्धी अत्याधुनिक उत्पादन निर्माण गर्ने कम्पनी तथा फ्याक्ट्रीका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरेको हो।

प्रदर्शनीका क्रममा व्यवसायिक सम्बन्ध विस्तार, बिजनेस कार्ड आदानप्रदान तथा आगामी दिनमा सहकार्य गर्ने विषयमा विभिन्न कम्पनीका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको रश्मिलाज फेसियल हाउसकी सञ्चालिका रश्मिला श्रेष्ठले बताइन्।

उनका अनुसार प्रदर्शनीमा सहभागी हुनुको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बजारमा विकसित भइरहेका नयाँ प्रविधि, उत्पादन र सौन्दर्यसम्बन्धी सेवाबारे प्रत्यक्ष जानकारी लिनुका साथै नेपाली ग्राहकका लागि गुणस्तरीय तथा प्रिमियम उत्पादन छनोट गर्नु रहेको थियो।

“१८ वर्षदेखि ग्राहकहरूले दिनुभएको माया र विश्वासकै कारण हामी आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सफल भएका छौँ। Canton Beauty Expo मा विश्वका विभिन्न देशका अत्याधुनिक उत्पादन र प्रविधिबारे प्रत्यक्ष जानकारी लिने अवसर पायौँ। हाम्रा ग्राहकहरूका लागि उत्कृष्ट र प्रिमियम गुणस्तरका नयाँ नमुना उत्पादनहरू पनि संकलन गरेका छौँ,” श्रेष्ठले भनिन्।

उनले नेपालमा सौन्दर्य सेवाको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रविधि र गुणस्तरीय उत्पादन भित्र्याउने उद्देश्यले एक्स्पोमा विभिन्न कम्पनीसँग सहकार्यका लागि छलफल गरिएको जानकारी दिइन्।

“अबको हाम्रो लक्ष्य नेपालमै अन्तर्राष्ट्रिय स्तरको सेवा र उत्पादन उपलब्ध गराउनु हो। एक्स्पोमा भएका भेटघाट र छलफलले आगामी दिनमा नयाँ उत्पादन तथा प्रविधि नेपाल भित्र्याउन थप उत्साह र सम्भावना दिएको छ,” श्रेष्ठले बताइन्।

रश्मिलाज फेसियल हाउसले आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नयाँ तथा अत्याधुनिक स्किन केयर, हेयर केयर, नेल आर्ट र आइल्याससम्बन्धी उत्पादन तथा प्रविधिलाई नेपाली बजारमा ल्याउँदै सेवा थप परिष्कृत गर्ने जनाएको छ।

श्रेष्ठले ग्राहकहरूको निरन्तर माया, विश्वास र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाइन्।

“हामीले हासिल गरेको यो सफलता हाम्रा ग्राहकहरूको माया र विश्वासको परिणाम हो। आगामी दिनमा पनि उहाँहरूको अपेक्षालाई ध्यानमा राख्दै अझ उत्कृष्ट, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरका सेवा तथा उत्पादन उपलब्ध गराउने हाम्रो प्रयास जारी रहनेछ,” उनले भनिन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor