भोटेकोशी बाढीको ११औँ दिन: १,३४४ शव फेला, करिब ५ हजार अझै बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०८३, आईतवार ०६:०७

काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य ११औँ दिन पनि तीव्र रूपमा जारी रहेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा ३५ देशका करिब ६ सय विदेशी नागरिक समेत रहेको मन्त्रालयले जनाएको छ। विपद्पछि हालसम्म १३ हजार ९८ जनाको जीवितै उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक छन्।

पछिल्लो २४ घण्टामा चार जनाको जीवित उद्धार

पछिल्लो २४ घण्टामा मात्रै चार जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा:

  • माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई नेपाली नागरिक
  • माथिल्लो त्रिशूली–१ बाट एक चिनियाँ नागरिक
  • बेत्रावतीस्थित एक घरबाट एक नेपाली नागरिक

यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङबाट शुक्रबार थप एक जनाको शव निकालिएको मन्त्रालयले जनाएको छ।

तीन देशका विशेष सुरुङ उद्धार टोली परिचालित

क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको समन्वयमा भारत, चीन र दक्षिण कोरियाका विशेष सुरुङ उद्धार टोली परिचालित छन्।

माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘ए’, ३ ‘बी’, यु–२१६ हाकु, चिलिमे तथा लाङटाङलगायतका आयोजनाका सुरुङमा खोज तथा उद्धार भइरहेको छ।

खोज कार्यलाई प्रभावकारी बनाउन मित्रराष्ट्रहरूबाट प्राप्त अत्याधुनिक उपकरण, ड्रोन र लोड क्यारियरसमेत प्रयोग भइरहेको छ।

अस्ट्रेलिया र मलेसियाका उद्धार टोली नेपालमा

अस्ट्रेलियाको १५ सदस्यीय ‘डार्ट’ टोली शुक्रबार तथा मलेसियाको ११ सदस्यीय ‘स्मार्ट’ टोली शनिबार बिहान काठमाडौं आइपुगेका छन्। दुवै टोली कार्यक्षेत्रमा परिचालित भइसकेका छन्।

हालसम्म विभिन्न देश तथा अन्तर्राष्ट्रिय नियोगबाट राहत सामग्री र उद्धार टोली लिएर २४ वटा उडान नेपाल भित्रिइसकेका छन्।

अन्तर्राष्ट्रिय सहयोगका लागि थप अनुरोध

नेपालले खोज, उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमतायुक्त ड्रोन, एलआईडिएआर, बेलीब्रिज, महामारी नियन्त्रण सामग्री, डीएनए परीक्षण किट, शव संकलन ब्याग, ग्राउन्ड पेनेट्रेटिङ रडार तथा मोबाइल एयर ट्राफिक कन्ट्रोल प्रणालीलगायतका प्राविधिक सामग्री सहयोगका लागि थप अनुरोध गरेको छ।

यसैबीच, दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन शनिबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

सडक र स्थानीय आवतजावत सहज बनाउने प्रयास

गल्छी–त्रिशूली सडक सञ्चालनमा ल्याउन नेपाली सेनाको इन्जिनियरिङ टोलीले तादी खोलामा अस्थायी पुल निर्माणको काम अघि बढाएको छ।

स्थानीय आवतजावत सहज बनाउन त्रिशूली इन्द्रेणीघाट र देवीघाटमा दुईवटा तुइन समेत सञ्चालनमा ल्याइएको छ।

चीनबाट १५५ नेपाली स्वदेश फर्किए

चीनको केरुङ क्षेत्रमा रहेका नेपालीमध्ये १५५ जना शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। थप १२७ जना नेपाली शनिबार सोही नाकाबाट नेपाल फर्कने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विपद्को यस कठिन घडीमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग विभिन्न मुलुकका समकक्षी तथा विदेशी कूटनीतिज्ञहरूले टेलिफोनमार्फत समवेदना व्यक्त गर्दै सहयोगको प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor