सनाखत हुन नसकेका ६८८ शवको अस्थायी व्यवस्थापन, १ हजार ९३ शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०६:०४

काठमाडौं । भोटेकोशी बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी ज्यान गुमाएका ६८८ जनाको शव अस्थायी रूपमा व्यवस्थापन गर्न थालिएको छ। सनाखत हुन नसकेका शवको डिएनए नमुना सुरक्षित गरी वैज्ञानिक प्रक्रियाबाट जमिनमुनि गाडेर अस्थायी व्यवस्थापन गर्न थालिएको हो।

हालसम्म १ हजार ९३ जनाको शव फेला परेकोमा ५८ जनाको मात्रै सनाखत भएको जनाइएको छ। सनाखत हुन बाँकी शवलाई सुरक्षित रूपमा व्यवस्थापन गर्दै भविष्यमा आफन्त पहिचान गर्न सकिने गरी डिएनए परीक्षण तथा अभिलेख राख्ने प्रक्रिया अघि बढाइएको छ।

अस्थायी रूपमा शव व्यवस्थापनको काम चितवन, पूर्वी नवलपरासी, कास्की र काठमाडौंमा भइरहेको छ।

काठमाडौंमा गोकर्णेश्वर क्षेत्रको जंगलमा सनाखत हुन नसकेका शवको अस्थायी व्यवस्थापन गर्न थालिएको छ। शवको पहिचान खुल्न नसके पनि भविष्यमा आफन्तले दाबी गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक नमुना तथा विवरण सुरक्षित राखिने जनाइएको छ।

विपद्मा ठूलो संख्यामा मानवीय क्षति भएपछि शवको पहिचान, सुरक्षित व्यवस्थापन तथा आफन्तलाई हस्तान्तरण गर्ने कार्य चुनौतीपूर्ण बनेको छ। त्यसैले सम्बन्धित निकायले वैज्ञानिक विधिबाट डिएनए परीक्षण तथा अभिलेखीकरणलाई प्राथमिकता दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor