राष्ट्रपति पौडेललाई रवि लामिछानेको ब्रिफिङ : बाढीपहिरोको क्षति र राहतबारे जानकारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ भाद्र २०८३, मंगलवार ०६:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षति तथा उद्धार र राहतको अवस्थाबारे जानकारी गराएका छन्।

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा लामिछानेले विशेषगरी भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्।

लामिछानेले यसअघि सोमबार नै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनःस्थापनाका गतिविधिबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीसँगको भेटपछि राष्ट्रपतिसँग भएको छलफलमा उनले बाढीपहिरो प्रभावित क्षेत्रको पछिल्लो अवस्था र पीडित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाको आवश्यकता रहेको विषयमा जानकारी गराएको बताइएको छ।

बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय गरी उद्धार, राहत, बेपत्ताको खोजी तथा प्रभावित नागरिकको पुनःस्थापनालाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor