कांग्रेसको १५औँ महाधिवेशन रोक्न संस्थापन इतर समूह अदालत जाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८३, शुक्रबार ०५:४५

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।

महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय गरेको हो।

संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले बैठकले अदालत जाने निर्णय गरेको जानकारी दिए। उनका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ।

“जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिने निर्णय भएको छ। शुक्रबारसम्म निवेदन दर्ता हुन्छ,” विश्वकर्माले भने।

इतर समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइको प्रक्रियामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अगाडि बढाउन नहुने तर्क गरेको छ।

यता, नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार १५औँ महाधिवेशनको प्रक्रिया भने अघि बढिसकेको छ। कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने पूर्वनिर्णयलाई यथावत् राखेको छ।

तर, महाधिवेशनअन्तर्गतका तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने हेरफेर गरिएको छ। संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन आगामी भदौ २४ गते गर्ने तय गरिएको छ।

महाधिवेशनको प्रक्रिया अघि बढाउने संस्थागत निर्णय र त्यसलाई रोक्न अदालत जाने संस्थापन इतर समूहको तयारीसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बनेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor