बागमतीमा मुख्यमन्त्री थापाले गरे मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८३, शुक्रबार ०५:४४

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री थापाले आफ्नै दल नेकपा एमालेसहित सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ६ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको छ। यसअघि वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका केसी मुख्यमन्त्री थापालाई चयन गर्न महत्वपूर्ण भूमिका खेलेका दोलखाका नेता हुन्।

यस्तै, एमालेकै ज्ञानबहादुर तामाङलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ। सत्ता साझेदार दल नेकपासँग मन्त्रालयको भागबण्डा टुंगिएपछि तामाङको जिम्मेवारी तोकिने बताइएको छ।

नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त गरिएको छ। बागमती प्रदेश सरकारमा नेकपाले दुई मन्त्रालय पाउने सहमति भए पनि अर्को मन्त्री भने पछि नियुक्त गरिने जनाइएको छ।

यसैगरी, सत्ता साझेदार राप्रपाबाट तीन जना मन्त्री नियुक्त भएका छन्। राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक मन्त्री र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त गरिएको छ।

बागमती प्रदेशमा कुल ८ वटा मन्त्रालय रहने व्यवस्था रहेको छ। मुख्यमन्त्री थापाले हाल ६ मन्त्री नियुक्त गरे पनि बाँकी मन्त्रालयमा समेत छिट्टै मन्त्री नियुक्त गर्ने तयारी गरिएको जनाइएको छ।

मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor