सरकारलाई असफल बनाउन होइन, सचेत गराउन चाहेको हो : सभापति थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०८३, मंगलवार ०५:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले वर्तमान सरकार असफल होस् भन्ने चाहना नराखेको स्पष्ट पारेका छन्। उनले सरकारलाई सही दिशामा अघि बढाउन सचेत र सतर्क गराउनु पार्टीको उद्देश्य रहेको बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई असफल बनाउने नभई आवश्यक विषयमा ध्यानाकर्षण गराउने र सुधारका लागि खबरदारी गर्ने कांग्रेसको भूमिका रहेको बताए।

‘हामी सरकारलाई सचेत गराउन चाहन्छौँ, सतर्क गराउन चाहन्छौँ, असफल बनाउन होइन। हामी असन्तुष्टिमा खेल्न चाहँदैनौँ,’ उनले भने।

सभापति थापाले नयाँ सरकारलाई सुरुवातमै सबै समस्याको जिम्मेवार ठहर गर्दै नकारात्मक भाष्य निर्माण गर्ने पक्षमा कांग्रेस नरहेको पनि स्पष्ट पारे। उनका अनुसार सरकार गठन भएको धेरै समय नभएकाले अहिले नै सबै कुरा बिग्रिएको वा भत्किएको निष्कर्ष निकाल्नु उचित हुँदैन।

‘भर्खर सरकार आएको छ। हामी यी सारा कुरा अहिले नै बिग्रिए, भत्किए भन्ने भाष्य बनाउन चाहँदैनौँ,’ थापाले भने।

तर सरकारका केही निर्णय, काम गर्ने शैली तथा देखिएका संकेतहरू सही दिशातर्फ नभएको कांग्रेसको बुझाइ रहेको उनले बताए। सरकारलाई समयमै सचेत गराएर आवश्यक सुधारतर्फ अघि बढाउन आफूहरूले खबरदारी गरिरहेको उनको भनाइ छ।

‘राइट ट्र्याकमा जानुपर्ने कुरा गइरहेको छैन, इन्डिकेसन ठिक भइरहेको छैन। त्यसैले राइट ट्र्याकमा जाओस् भन्नेतर्फ हामीले सचेत गराउन चाहेको हो,’ सभापति थापाले स्पष्ट पारे।

उनले कांग्रेसले सरकारका कमजोरीलाई राजनीतिक असन्तुष्टि बढाउने माध्यमका रूपमा प्रयोग नगरी जनहित र सुशासनका विषयमा आवश्यक खबरदारी गर्दै जाने संकेत गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

 

 

slot gacor