रास्वपाले गाउँपालिका तहका उम्मेदवारको आवेदन खुलायो ‘क्यान्डिडेट क्लब’ घोषणा, आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार छनोट गरिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ भाद्र २०८३, मंगलवार ०५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि गाउँपालिका तहमा उम्मेदवारको आवेदन खुलाएको छ। पार्टी सभापति रवि लामिछानेले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा ‘क्यान्डिडेट क्लब’ घोषणा गर्दै उम्मेदवारका लागि आवेदन खुला गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यसपटक पार्टीले आन्तरिक प्रतिस्पर्धाका आधारमा उम्मेदवार छनोट गर्ने बताए। उम्मेदवार चयन गर्दा सुरुदेखि नै पार्टीमा आबद्ध भएर सक्रिय रूपमा काम गरेका कार्यकर्तालाई प्राथमिकता दिइने उनको भनाइ थियो।

यद्यपि, पार्टीबाहिर रहेका सक्षम र क्षमतावान युवाहरूलाई समेत अवसरबाट वञ्चित नगरिने लामिछानेले स्पष्ट पारे। उनले योग्य र सक्षम व्यक्तिहरू रास्वपामा आउन चाहेमा उनीहरूको प्रवेश नरोकिने बताए।

‘रास्वपामा अब गुट–उपगुट छैन’

लामिछानेले पार्टीभित्र कुनै गुट वा उपगुट नरहेको दाबी गरे। हालै सम्पन्न महाधिवेशनपछि पार्टीभित्र रहेका सबै गुट तथा उपगुट समाप्त भएको उनको भनाइ थियो।

उनले भने, ‘महाधिवेशनसँगै सबै गुट, उपगुट सक्किए। अब एउटा रास्वपा र एउटै विधि छ। महाधिवेशनबाट सबै समायोजन भइसकेको छ।’

रास्वपाले उम्मेदवारको आवेदन मोबाइल एपमार्फत खुलाएको जनाएको छ। प्रारम्भिक चरणमा गाउँपालिका तहका उम्मेदवारका लागि आवेदन माग गरिएको हो।

नगरपालिका तथा महानगरपालिकाका लागि भने पछि आवेदन खुलाइने पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

 

 

slot gacor