काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेसँगै सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनेछन्।
यसअघि सोमबारकै बैठकमा सभामुख अर्यालले पनि प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीका नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूका प्रश्नको जवाफ दिने सम्बन्धमा रुलिङ गरेका थिए।
प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममार्फत सांसदहरूले सरकारका नीति, निर्णय तथा समसामयिक विषयमा प्रश्न राख्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने व्यवस्था छ।
प्रतिक्रिया