काठमाडौं । International Project Development Forum (IPDF) ले राजेन्द्र न्यौपानेलाई Yoga, Sadhana & Meditation Department को संयोजकमा नियुक्त गरेको छ।
योग, साधना तथा ध्यानका माध्यमबाट व्यक्तिको शारीरिक, मानसिक तथा समग्र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले IPDF ले न्यौपानेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
विभागले योग, ध्यान, साधना तथा मानसिक शान्तिसम्बन्धी कार्यक्रम, प्रशिक्षण, कार्यशाला तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेको छ। साथै समुदायस्तरमा योग तथा ध्यानको महत्व विस्तार गर्ने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य विभागले लिएको छ।
नियुक्तिपछि राजेन्द्र न्यौपानेले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF अध्यक्ष मुकुन्द ढुंगाना तथा संस्थाप्रति आभार व्यक्त गर्दै योग, साधना तथा ध्यानको माध्यमबाट सकारात्मक समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
IPDF अध्यक्ष मुकुन्द ढुंगानाले न्यौपानेलाई बधाई दिँदै उनको ज्ञान, अनुभव र समर्पणले विभागलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
उनले IPDF अन्तर्गतका सम्पूर्ण विभागका प्रमुखहरूलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना दिँदै सबैको नेतृत्व, क्षमता र सक्रियताबाट संस्थाको अभियान थप प्रभावकारी बन्ने बताए।
प्रतिक्रिया