नेपाली कांग्रेसको १५औँ महाधिवेशन: केन्द्रीय सदस्य (महिला तर्फ) मा रबिना थापाको उम्मेदवारी घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ आश्विन २०८३, आईतवार ०५:५५

काठमाडौँ। गैरआवासीय नेपाली संघ (NRNA) की पूर्व अध्यक्ष तथा समाजसेवी रबिना थापाले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (महिला तर्फ) पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै उनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेकी हुन्।

लामो समयदेखि गैरआवासीय नेपाली अभियान, सामाजिक सेवा, महिला सशक्तीकरण तथा विश्वभरका नेपाली समुदायसँग काम गर्दा हासिल गरेको अनुभवलाई अब पार्टीको संगठन र नीतिनिर्माण तहमा उपयोग गर्ने उद्देश्यका साथ आफूले उम्मेदवारी दिएको उनले बताएकी छन्।

प्रमुख एजेन्डा र मुख्य प्राथमिकताहरू:

  • महिला तथा युवाको सशक्तीकरण: सम्पूर्ण महिलाहरूको सशक्त प्रतिनिधित्व गर्दै उनीहरूका साथै युवाहरूको हक, हित र स्थापनालाई प्राथमिकता दिने।

  • वैदेशिक रोजगारीको व्यवस्थापन: वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित अवसर सुनिश्चित गर्ने।

  • दोस्रो पुस्ताका प्रवासी नेपालीलाई मातृभूमिसँग जोड्ने: दोस्रो पुस्ताका गैरआवासीय नेपाली (Second Generation) लाई नेपालको सामाजिक र आर्थिक रूपान्तरणमा सक्रिय बनाउनका लागि पहल गर्ने।

  • ज्ञान, सीप र पूँजीको हस्तान्तरण: विश्वभर रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पूँजीलाई नेपालको विकास, उद्यमशीलता र आर्थिक समृद्धिसँग जोड्ने।

  • नेपाललाई समृद्ध बनाउने संकल्प: महिला र युवाको शक्ति, ज्ञान र सीपयुक्त नेपाललाई समृद्ध नेपाल निर्माणको मुख्य आधार बनाउने।

“अनुभव र क्षमतालाई नीतिनिर्माण तहमा पुर्‍याउने प्रतिबद्धता”

उम्मेदवारी घोषणा गर्दै रबिना थापाले भनिन्— “एनआरएनएको नेतृत्वमा रहँदा विश्वभरका नेपाली समुदायका समस्या, सम्भावना र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर पाएकी छु। मेरो यो उम्मेदवारी व्यक्तिगत पदका लागि मात्र नभई डायस्पोराको ज्ञान र सीपलाई मातृभूमिसँग जोड्ने र समृद्ध, समावेशी तथा लोकतान्त्रिक नेपाल निर्माणमा योगदान पुर्‍याउने अभियान हो।”

उनले नेपाली कांग्रेसका सम्पूर्ण नेता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जनसम्पर्क समितिका साथीहरू एवं देशभित्र तथा बाहिर रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोग, समर्थन र आशीर्वादको अपिल गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor