काठमाडौं । International Project Development Forum (IPDF) ले पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले लाक्फुटी शेर्पालाई पर्यटन क्षेत्रको सल्लाहकार (Advisor – Tourism Sector) मा नियुक्त गरेको छ।
IPDF ले शेर्पाको अनुभव, क्षमता, नेतृत्वदायी भूमिका तथा पर्यटन क्षेत्रप्रतिको योगदानलाई ध्यानमा राख्दै उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। पर्यटन क्षेत्रको प्रवर्द्धन, नयाँ सम्भावनाको खोजी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन विकासका लागि आवश्यक सुझाव र सहकार्यमा सल्लाहकारका रूपमा शेर्पाले भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नियुक्तिपछि शेर्पाले आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF का अध्यक्ष मुकुन्द ढुंगाना तथा सम्पूर्ण संस्थाप्रति धन्यवाद व्यक्त गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि आफ्नो अनुभव, ज्ञान र क्षमताको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
IPDF का अध्यक्ष मुकुन्द ढुंगानाले लाक्फुटी शेर्पालाई नियुक्ति हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले शेर्पाको अनुभव र नेतृत्वले पर्यटन क्षेत्रको प्रवर्द्धन तथा दिगो विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष ढुंगानाले भने, “यहाँहरूको नेतृत्व, सक्रियता, क्षमता र अनुभवले सम्बन्धित क्षेत्रलाई थप प्रभावकारी बनाउँदै IPDF को उद्देश्य र अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छु।”
प्रतिक्रिया