ओडिआई कप्तानमा सन्दीप लामिछाने, रोहित पौडेलको नेतृत्व खोसियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ श्रावण २०८३, मंगलवार ०६:१०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।

यसअघि ओडिआई र टी–२० दुवै टोलीको कप्तानी सम्हाल्दै आएका रोहित पौडेललाई जिम्मेवारीबाट हटाउँदै क्यानले सन्दीपलाई ओडिआई टोलीको नयाँ कप्तान बनाएको हो।

नयाँ जिम्मेवारीसँगै सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्। यसअघि सन् २०२२ मा कप्तान रहेका सन्दीपमाथि बलात्कारसम्बन्धी मुद्दा लागेपछि क्यानले उनलाई कप्तानको जिम्मेवारीबाट हटाएको थियो।

आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले टोलीको नेतृत्वमा परिवर्तन गर्ने निर्णय गरेको हो। पछिल्लो निर्णयसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवै टोलीको कप्तानी गुमाएका छन्। यसअघि क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तान नियुक्त गरिसकेको छ।

नवनियुक्त ओडिआई कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोलीले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।

क्यानले मलेसिया भ्रमणका लागि घोषणा गरेको नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।

यससँगै नेपाली क्रिकेट टोलीको ओडिआई र टी–२० दुवै संरचनामा नयाँ नेतृत्व कायम भएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor