राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत पार्कको बिदाइ भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८३, शुक्रबार ०५:४५

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयङले बिदाइ भेट गरेका छन्।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तारमा पुर्‍याएको योगदानका लागि राजदूत पार्कप्रति धन्यवाद व्यक्त गरेका छन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल र दक्षिण कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा नेपाल–दक्षिण कोरियाबीचको आपसी सम्बन्ध, सहकार्य र पारस्परिक हितका विविध विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor