साउन २६ मा स्वदेश फर्किने देउवा, कांग्रेसको आन्तरिक राजनीतिमा बढ्यो चासो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८३, शुक्रबार ०५:३५

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन्।

देउवानिकट कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार उपचारका लागि गत फागुनमा सिंगापुर गएका देउवा दम्पति त्यसपछि चैतमा हङकङ पुगेका थिए। उनीहरू साउन २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसभित्र आन्तरिक विवाद र विभाजनको चर्चा चलिरहेका बेला देउवाको स्वदेश फिर्तीलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ। यता, देउवा र कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदन स्वीकृत भएपछि कांग्रेस विवादसम्बन्धी मुद्दाको सुनुवाइ पुनः सुरुदेखि हुने भएको बताइएको छ।

देउवाको स्वदेश फिर्ती, राष्ट्रिय भेलाको तयारी तथा सर्वोच्च अदालतमा हुने सुनुवाइले नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा र आन्तरिक शक्ति सन्तुलनबारे थप चासो बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor