विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष खड्ग केसीले लिए पद तथा गोपनीयताको शपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०८३, शुक्रबार ०५:४६

काठमाडौं ।  विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्ग केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रममा बिहीबार अध्यक्ष केसीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यादेशमार्फत आयोगका तत्कालीन अध्यक्ष प्रा.डा. देवराज अधिकारी पदमुक्त भएपछि उक्त पद रिक्त रहेको थियो। अधिकारीले भने अध्यादेश जारी हुनुअघि नै आफ्नो पदबाट राजीनामा दिएका थिए।

नवनियुक्त अध्यक्ष केसीले पनि त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पदबाट अध्यादेश जारी हुनुअघि नै राजीनामा दिएका थिए। उनी २०८१ वैशाखमा शिक्षाध्यक्षमा नियुक्त भएका थिए। त्यसपछि तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि केसीले उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक अध्ययन विभागका प्राध्यापक रहेका केसी अब विश्वविद्यालय अनुदान आयोगको नेतृत्व सम्हाल्नेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor