विश्व मिक्स बक्सिङ च्याम्पियनसिपको ट्रफी बुढानीलकण्ठ नगरपालिकालाई हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०६:२५

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसन (NMBA) ले तेस्रो विश्व मिक्स बक्सिङ च्याम्पियनसिप–२०२६ मा नेपाली टोलीले हासिल गरेको सफलताको ट्रफी तथा सम्मानचिन्ह बुढानीलकण्ठ नगरपालिकालाई हस्तान्तरण गरेको छ।

नगरपालिकामा आयोजित कार्यक्रममा नेपाल मिक्स बक्सिङ एसोसिएसनका अध्यक्ष राजेश तामाङ, महासचिव सीता श्रेष्ठ, कार्यक्रम संयोजक मोहन खड्का तथा बुढानीलकण्ठ नगर खेलकुद विकास बोर्डका उपाध्यक्ष दीपक तामाङले संयुक्त रूपमा ट्रफी र ‘टोकन अफ लभ’ नगरप्रमुख मिठाराम अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

तेस्रो विश्व मिक्स बक्सिङ च्याम्पियनसिप–२०२६ मा नेपाली टोलीले टिम च्याम्पियन उपविजेता तथा प्रथम उपविजेता (1st Runner-up) को उपलब्धि हासिल गरेको थियो। उक्त सफलताको सम्मानस्वरूप प्राप्त ट्रफी र सम्मानचिन्ह नगरपालिकालाई प्रदान गरिएको हो।

कार्यक्रममा नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको उपलब्धि नगरसँग साझा गर्दै खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा सहकार्यलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यस अवसरले बुढानीलकण्ठ नगरपालिकाको खेलकुद विकासप्रतिको प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूले हासिल गरेका सफलताको सम्मानलाई थप सुदृढ बनाएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor