प्रदेश सरकार गठनको सत्ता समीकरणमा नजाने राप्रपाको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०८३, बिहीबार ०५:५२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार गठनसम्बन्धी सत्ता समीकरण र राजनीतिक चलखेलमा सहभागी नहुने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारप्रति कुनै चासो वा सत्ता लालसा नरहेको स्पष्ट पार्दै वर्तमान परिस्थितिमा प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाकै नेतृत्वमा गठन हुनुपर्ने धारणा व्यक्त गरेको हो।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले पार्टीको पूर्वस्वीकृतिबिना सत्ताकेन्द्रित कुनै पनि गतिविधिमा संलग्न नहुन सबै प्रदेशका संसदीय दल र प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ।

यद्यपि, भविष्यमा प्रदेश सरकारसम्बन्धी कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको बैठकले जनाएको छ।

यसैबीच, बैठकले आगामी मङ्सिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक विभिन्न समितिहरू गठन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor