काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न भागमा देखिएको विषम अवस्था तथा हिंसात्मक घटनाबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग जानकारी लिनुभएको छ।
राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलका अनुसार देशका विभिन्न स्थानमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले बिहीबार शीतलनिवासमा प्रधानमन्त्री शाहलाई बोलाएर वर्तमान सुरक्षा अवस्था र सरकारका प्रयासबारे जानकारी लिनुभएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेको पहल र सुरक्षा व्यवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।
त्यस अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दलसहित सबै सरोकारवाला पक्षलाई साथमा लिएर संयमित ढंगले वर्तमान परिस्थितिलाई साम्य पार्न, शान्ति सुव्यवस्था कायम गर्न तथा सामाजिक सद्भाव सुदृढ बनाउन आवश्यक पहल गर्न सुझाव दिनुभएको बताइएको छ।
प्रतिक्रिया