प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा
rastriyakhabar
१३ श्रावण २०८३, बुधबार ०६:१२
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकिएको पुष्टि गरेको छ।
विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै निमन्त्रणा पठाइसकिएको जानकारी दिएका हुन्। यद्यपि भ्रमणको मिति र एजेन्डाबारे भने उनले कुनै विस्तृत विवरण सार्वजनिक गरेनन्।
प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहको पहिलो विदेश भ्रमणका रूपमा भारत यात्रालाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमणका लागि दुवै देशका कूटनीतिक संयन्त्रले उपयुक्त समय, एजेन्डा र अन्य तयारीबारे आन्तरिक छलफल गरिरहेको बताइएको छ।
भारतीय पक्षबाट औपचारिक निमन्त्रणा पुष्टि भएसँगै नेपाल–भारतबीच उच्चस्तरीय भ्रमण आदानप्रदान र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा कूटनीतिक संवादले गति लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया