कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाही नियुक्त
rastriyakhabar
१३ श्रावण २०८३, बुधबार ०६:०९
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मङ्गलबहादुर शाही नियुक्त भएका छन्।
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार बेलुका शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नियुक्तिका लागि शाहीले नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ गरी कुल २३ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मंगलबार नै दाबी पेस गरेका थिए।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएपछि कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो। नवनियुक्त मुख्यमन्त्री शाही यसअघि भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
प्रतिक्रिया