नेपाली उद्यमको अर्को सफलता : ‘नेपा एसेन्स’को याक चीज डग च्यू अब अमेजन र अमेरिकाभरका खुद्रा पसलमा उपलब्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०८३, सोमबार ०५:५४

अस्टिन, टेक्सस। अमेरिकामा सञ्चालन हुँदै आएको नेपाली ब्रान्ड नेपा एसेन्स (Nepa Essence) ले आफ्नो उत्पादनको बजार विस्तार गर्दै लोकप्रिय याक चीज डग च्यू (Yak Cheese Dog Chew) अब अमेजनमार्फत बिक्री सुरु गरेको छ। कम्पनीका अनुसार उक्त उत्पादन अमेरिकाभरका विभिन्न खुद्रा पसलहरूमा पनि उपलब्ध भइसकेको छ।

समाज प्रेससँगको कुराकानीमा कम्पनीका सञ्चालक सागर रोकायाले नेपाली हिमाली याकको दूधबाट परम्परागत विधिअनुसार तयार गरिएको याक चीज डग च्यू प्राकृतिक, पौष्टिक तथा कुकुरका लागि सुरक्षित उत्पादन रहेको बताए। उनका अनुसार उत्पादनमा कृत्रिम रङ, स्वाद वा हानिकारक रसायन प्रयोग नगरिएकाले अमेरिकी ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ।

अमेजनमार्फत बिक्री सुरु भएपछि अमेरिकाभरका उपभोक्ताले उत्पादन सहज रूपमा अनलाइन अर्डर गर्न सक्ने भएका छन्। साथै, विभिन्न खुद्रा पसलहरूमा उपलब्धतासँगै उपभोक्ताको पहुँच थप विस्तार भएको कम्पनीले जनाएको छ।

सागर रोकायाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्यसहित नेपा एसेन्सले गुणस्तरीय उत्पादनको विस्तारलाई निरन्तरता दिइरहेको बताए। उनका अनुसार यस पहलले नेपाली ब्रान्डको विश्वव्यापी पहिचान अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

नेपा एसेन्स कम्पनी सागर रोकाया, शंकर तिवारी र प्रेम रोकायाको नेतृत्वमा सञ्चालन भइरहेको छ। कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ।

अमेरिकाभरका विभिन्न खुद्रा पसल र अमेजनमा उत्पादन उपलब्ध हुन थालेपछि नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम थपिएको सागर रोकायाको भनाइ छ। उनले अमेरिकामा रहेका नेपाली समुदायको साथ, सहयोग र विश्वासले नेपाली ब्रान्डलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरे।

इच्छुक उपभोक्ताले कम्पनीको अमेजन स्टोरमार्फत याक चीज डग च्यू सहज रूपमा खरिद गर्न सक्नेछन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor