काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनः पक्राउ गरेको छ। उनलाई काठमाडौंको डिल्लीबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
सीआईबीका एसएसपी अनुपमशम्शेर राणाका अनुसार सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेका अग्रवाल अदालतमा हाजिर नभएपछि पक्राउ गरिएको हो। यसअघि पनि उनी यही मुद्दामा पक्राउ परेका थिए भने हाजिरी जमानीमा रिहा भएका थिए।
शंकर ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ। सोही प्रकरणमा अग्रवालका छोरा शुलभ अग्रवाल तथा उनीहरूसँग सम्बन्धित व्यवसायी दीपक भट्ट यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन्।
प्रहरीले अग्रवाललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने जनाएको छ।
प्रतिक्रिया