सार्वजनिक बिदाको पुनरावलोकन गर्न सरकारद्वारा चार सदस्यीय कार्यदल गठन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०८३, मंगलवार ०५:३८

काठमाडौं । सरकारले सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू भएपछि साविकदेखि रहेका अन्य सार्वजनिक बिदाहरूको समीक्षा गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहनेछन्। कार्यदलले १५ दिनभित्र आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने निर्णय गरिएको छ।

बैठकले चालु आर्थिक वर्षमा तर्जुमा गरिने विधेयकहरूको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयहरूले शीघ्र सुरु गर्ने निर्णय पनि गरेको छ।

यसैगरी, धेरै पुराना, असान्दर्भिक तथा कार्यसम्पादनमा बाधा पुर्‍याउने कानुनहरू खारेज गर्न सम्बन्धित मन्त्रालयहरूले आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor