सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०८३, आईतवार ०५:५८

काठमाडौं। संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र अनिवार्य रूपमा पेस गर्न आग्रह गरेको छ।

सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखाले शुक्रबार सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सांसदहरूले आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको जनाएको हो।

सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सम्पत्तिको स्रोत र प्रमाणसहितको विवरण पेस गर्नुपर्नेछ।

सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउँदा सदस्यको नाम, आर्थिक वर्ष, लिङ्ग, पद, कार्यालय, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने सचिवालयले जनाएको छ। साथै, प्रतिनिधिसभा सदस्यले आफ्नो जिल्ला वा निर्वाचन क्षेत्र नम्बर र राष्ट्रियसभा सदस्यले निर्वाचित प्रदेशको विवरणसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

सम्पत्ति विवरण पेस गर्न आवश्यक फाराम सांसद सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिने तथा संघीय संसद् सचिवालयको आधिकारिक वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor