कांग्रेससँगको सहकार्य अन्त्य भएपछि बागमती सरकारबाट बाहिरिँदै एमाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०८३, आईतवार ०५:५६

काठमाडौं। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रको निर्देशन तथा कांग्रेसको पछिल्लो निर्णयका आधारमा सरकारबाट बाहिरिने निर्णय गरिएको पुष्टि गरे।

उनले भने, “कांग्रेसको निर्णयपछि हामीले आन्तरिक छलफल गर्‍यौँ। उहाँहरूले सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि हामी पनि सरकारबाट बाहिरिने निष्कर्षमा पुगेका हौँ।”

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या १४ बाट घटाएर ८ मा सीमित गर्दै एमालेका ६ जना मन्त्रीलाई विनाविभागीय बनाएका थिए। मुख्यमन्त्रीको उक्त निर्णयपछि विकसित राजनीतिक परिस्थितिका बीच एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

एमाले सरकारबाट बाहिरिने निर्णयसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor