सरकारको नियतमाथि शंका छैन, गल्ती भए सुधार्न सकिन्छ : रवि लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ श्रावण २०८३, आईतवार ०५:५३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमाथि आफूलाई कुनै शंका नरहेको बताएका छन्। उनले सरकारका निर्णयमा व्यवहारिक जटिलता आउन सक्ने भए पनि नियत राम्रो भए गल्ती सच्याउन सकिने धारणा व्यक्त गरेका छन्।

शुक्रबार रौतहटमा आयोजित पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै लामिछानेले निर्णय कार्यान्वयनका क्रममा समस्या देखिए त्यसलाई सुधार गर्न सकिने तर नियत नै खराब भए सुधार सम्भव नहुने बताए।

उनले किसानको हितलाई लक्षित गरेर गरिएका केही निर्णयहरू कार्यान्वयनका क्रममा अपेक्षित नतिजा नदिन सक्ने उल्लेख गर्दै त्यस्ता कमजोरी समयमै पहिचान गरी सच्याउन सरकारले तत्पर हुनुपर्नेमा जोड दिए।

सरकारका कामकारबाहीका कारण जनता वा किसान वर्गलाई कुनै प्रकारको हानि पुगेमा तत्काल आवश्यक कदम चालेर सुधार गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा लामिछानेले आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि भविष्यमा गलत दिशातर्फ अघि बढ्न खोजे नेता तथा कार्यकर्ताले समयमै खबरदारी गर्नुपर्ने भन्दै संगठनभित्र आत्मसमीक्षा र उत्तरदायित्वको संस्कृतिलाई बलियो बनाउन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

slot gacor