उपराष्ट्रपति यादवले दोहामा कतारी अमिरसँग भेट गर्दै पूर्वअमिरको निधनप्रति समवेदना व्यक्त गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८३, बिहीबार ०७:०३

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारको राजधानी दोहास्थित लुसेल प्यालेसमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट शोक तथा समवेदना व्यक्त गर्न कतार पुगेका हुन्। भेटका क्रममा उनले कतारी अमिर, शाही परिवार तथा कतारी जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकको घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

भेटका अवसरमा उपराष्ट्रपति यादवले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कतारी अमिर शेख तमिम बिन हमाद अल थानीलाई शोक तथा समवेदनापत्र पनि हस्तान्तरण गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor