तीन घण्टा लामिछाने–बालेन भेट : जननिराशा, संविधान संशोधन र सरकारको कार्यशैलीबारे गम्भीर छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८३, सोमबार ०५:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बिहान बुढानीलकण्ठस्थित लामिछाने निवासमा करिब तीन घण्टा लामो भेटवार्ता भएको छ।

स्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, रास्वपाको केन्द्रीय समिति विस्तार, सरकारको कार्यशैली तथा संविधान संशोधनका विषयमा विस्तृत छलफल भएको थियो। साथै, देशमा बढ्दो जननिराशालाई दीर्घकालीन रूपमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि दुवै नेताबीच गम्भीर विचारविमर्श भएको बताइएको छ।

छलफलका क्रममा पछिल्लो समय भएका आत्मदाहका घटनाले समाजमा पारेको प्रभावबारे पनि विशेष चर्चा भएको स्रोतको भनाइ छ। गणेश नेपाली र आश्विन राउतलगायतका आत्मदाहका घटनालाई वर्षौंदेखि बढ्दै आएको कुण्ठा र व्यवस्थाप्रतिको निराशासँग जोडेर विश्लेषण गरिएको तथा पीडित परिवारप्रति दुवै नेताले गहिरो संवेदना व्यक्त गरेको जनाइएको छ।

भेटका क्रममा सभापति लामिछानेले सुकुम्बासी व्यवस्थापनको विषय उठाउँदै त्यसलाई मानवीय संवेदनशीलता र सम्मानलाई केन्द्रमा राखेर अघि बढाउन प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन्।

यसैबीच, पछिल्ला दिनमा सार्वजनिक सञ्चारमाध्यममा आएका विभिन्न अड्कलबाजीप्रति प्रतिक्रिया जनाउँदै रास्वपाको सचिवालयले रास्वपा र प्रधानमन्त्री शाहको समूहबीच कुनै पनि प्रकारको दरार नरहेको स्पष्ट पारेको छ।

स्रोतका अनुसार तत्काल मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको र प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्नुभन्दा सम्बन्धित मन्त्रालयलाई थप प्रभावकारी र अधिकारसम्पन्न बनाउने दिशामा काम गरिरहेका छन्।

त्यस्तै, रास्वपाको केन्द्रीय समिति विस्तारमा प्रधानमन्त्री शाह पक्षले अवरोध गरेको भन्ने चर्चा निराधार रहेको तथा दुवै नेताबीचको समन्वयमै पार्टी र सरकारका कामकारबाही अघि बढिरहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor