काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव कार्कीलाई नेपाल सरकारको मुख्य प्रशासनिक नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि मुख्यसचिव रहेका डा. वैकुण्ठ अर्याल भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएपछि निलम्बनमा परेका कारण उक्त पद रिक्त रहेको थियो।
नवनियुक्त मुख्यसचिव कार्की निजामती प्रशासनमा लामो अनुभव भएका प्रशासक हुन्। उनले विभिन्न मन्त्रालय तथा निकायमा जिम्मेवारी सम्हाल्दै स्थानीय प्रशासन, सार्वजनिक प्रशासन, नीति निर्माण तथा कार्यान्वयनका क्षेत्रमा काम गरेका छन्। नियुक्तिपूर्व उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए।
मुख्यसचिवका रूपमा कार्कीले संघीय प्रशासनलाई थप प्रभावकारी बनाउने, सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्ने तथा सरकारका नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी सम्हाल्नेछन्।
उनको नेतृत्वमा सार्वजनिक सेवा प्रवाहलाई थप छिटो, प्रभाव
प्रतिक्रिया